Twentieth anniversary of Karmayogi Badri Bikram Sewa Guthi

Badri Bikram Thapa, Satya Mohan Joshi, Lokendar Bahadur Chand, Kulman Ghising

कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठी को २०औं वार्षिकोत्सव एवं ९५औं जन्म–स्मृति सभा सुसम्पन्न ।

साउन ११ गते कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठीको आयोजनामा ९५औं बद्री बिक्रम थापा स्मृति सभा एवं कर्मयोगी बद्री बिक्रम थापा स्मृति सेवा गुठी को २०औं वार्षिकोत्सवको प्रमुख अतिथि पूर्व–प्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दज्यूले दीपप्रज्वलन र बद्रीविक्रम थापाको फोटोमा माल्यार्पणका साथ सुभारम्भ भएको थियो । उक्त समारोहमा प्रमुख अतिथिज्यूले समाजमा उल्लेखनीय कार्य गर्ने द्वय वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्री मृगेन्द्रराज पाण्डे एवं ने.वि.प्रा.का प्रबन्ध–निर्देशक श्री कुलमान घिसिङ्गज्यूलाई अभिनन्दन–पत्रका साथ सम्मानीत गर्नुभएको थियोे । त्यस्तै प्रमुखअतिथि पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दज्यूबाट सेवा गुठीको वार्षिक प्रकाशन ‘सेवा नेपाल–२०७४’ पुस्तकको लोकार्पण पनि गर्नुभएको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई गुठीका अध्यक्ष श्री सत्यमोहन जोशीले गुठीको तर्पबाट सम्मान उपहार प्रदान गर्नुभएको थियो । यसरी नै गुठीका अध्यक्ष श्री सत्यमोहन जोशीज्यूबाट हिन्दू विद्यापीठ नेपाल, ललितपुरका छात्र साकार सुवेदीज्यूलाई डा. लोकविक्रम थापाद्वारा स्थापित बद्रीविक्रम थापा चरित्र निर्माण पुरस्कार रु १०,०००। –(दश हजार) प्रमाण पत्र सहित प्रदान गर्नुभयो । गुठीका अध्यक्ष श्री सत्यमोहन जोशीज्यूबाट कैलाली जनपुस्तकालय धनगढी, कैलाली र श्री प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलालीलाई गुठीको प्रकाशन सेवा नेपाल पुस्तकहरु हस्तान्तरण गर्नु भएको थियो ।
Lokendra Bahadur Chand Speech

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दज्यू, सभाको सभापति गुठीका अध्यक्ष संस्कृतिविद्, साहित्यकार श्री सत्यमोहन जोशीज्यू, सम्मानित व्यक्तित्वद्व वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्री मृगेन्द्रराज पाण्डे एवं ने. वि. प्रा.का प्रबन्धनिर्देशक श्री कुलमान घिसिङ्गज्यू र पुरस्कृत छात्र साकार सुवेदीज्यूले पनि बोल्नु भएको थियो । ‘सेवा नेपाल–२०७४’ “मन्तव्य एवं विचार विशेषाङ्क” पुस्तककाबारे साहित्यकार श्री हरि मञ्जुश्रीज्यू प्रकाशन पार्नुभएको थियो । त्यस्तै स्व. बद्रीविक्रम थापाज्यू बारे श्री भोलानाथ योगी तथा श्री हरिविनोद अधिकारीले आ–आप्mनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Speech by Kul Man Ghising

गुठीका कोषाध्यक्ष किरण थापाले गुठीको गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

सम्मानित व्यक्तित्व डा. मृगेन्द्रराज पाण्डे कुलमान घिसिङ्ग र छात्र साकार सुवेदीलाई प्रदान गर्ने प्रमाण पत्र क्रमशः जीवनचन्द्र कोइराला, श्रीमती सुर्वणलता थापा र सविना नेपालीले वाचन गरेका थिए ।

सभामा प्रमुख अतिथि लगायत मञ्चमा आशन ग्रहण गर्नुहुने महानुभावहरुलाई प्रमिला श्रेष्ठ र पुनम श्रेष्ठले व्याच वितरण गर्नु भएको थियो भने सुवर्णलता थापा, पूनम थापा, राजु थापा र सबिना नेपालीले व्यवस्थापन कार्यमा सहयोगीको भूमिका निभाउनु भएको थियो ।

सभाको प्रारम्भ हिन्दू विद्यापीठ नेपाल, बालकुमारी, ललितपुरका छात्र रमेश देवकोटाबाट ‘नेपाली हामी रहौंला कहाँ…..” भन्ने राष्ट्रभक्ति गीतबाट भएको थियो भने कार्यक्रम सञ्चालनको बीचमा गायक शिशिर योगीज्यूबाट आम नेपालीले रुचाएको गीत ‘यो देशमा एउटा मानिस खोजिरहेको छु ….” को गायन प्रस्तुती गरिरहँदा उपस्थित सहभागीहरुमा राष्ट्रप्रतिको चिन्ताको गहराई र सम्वेदना बुझ्न सकिन्थ्यो । त्यस्तै कवितावाचन कवयित्री राधिका दाहालज्यूबाट भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको मूल सभाहलमा शुभारम्भ भएको कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठीको आयोजनामा ९५औं बद्रीबिक्रम थापा स्मृति सभाएवं कर्मयोग बद्रीबिक्रम थापा स्मृति सेवा गुठी को २०औं वार्षिकोत्सवको कार्यक्रमको सञ्चालन युवा साहित्यकार श्री छवि अनित्यले गर्नुभएको थियो ।

Videos of event

Satya Mohan Joshi Speech

बद्रीबिक्रमः (अभिवन्दनकाव्य) टिप्पणीकाण्ड (परानुभूति) बाटसाभार केहीकविता ।

माया गरेर मन्त्रीले चढाईकन मोटरमा
पुर्याएपनिआवास थपिदैन प्रसन्नता
पनि क्यै रोषउत्पन्नहँुदैन उनमा रति
यस्ताकति स्थितप्रज्ञ होलान् हाम्रो समाजमा ?
= स्व. कमल दीक्षित

बद्रीबिक्रमथापाको जीवनीबाट प्रेरणा
लिएर नव– पुस्ताले आदर्शहरु सम्झिई
पछ्याउन सके देश, जनता र समाजको
ठूलो कल्याण नै हुन्छ यो कुरामा म ढुक्क छु ।
= स्व. गणेशमान सिंह

जनक्रान्तिप्रति ठूलो योगदानदिने उनी
छन् स्मरणीय नेपालीक्रान्तिको इतिहासमा ।
= स्व. भुवनलालप्रधान

सम्मान– कार्यमा जुट्नु, कवि– लेखकको सदा
सहयोग सदा गर्ने गर्ने कष्ट निवारण
र कार्यालयमा गर्ने सधैं सत्कार स्वागत
बद्रीबिक्रमको एक विशेषता यही थियो ।
=रमा शर्मा

सादा जीवनशैली र विचार उच्च कोटिको
र राष्ट्रवादी व्यक्तित्व बद्रीबिक्रम थापाको थियो ।
= स्व. सूर्यबहादुर थापा

बद्रीबिक्रम कर्तव्यनिष्ठता, निष्कलङ्कता
निष्पक्षता, निर्भयता, नम्रताका स्वरुपहुन् ।
=स्व. हरि श्रेष्ठ

Leave a Reply