Today’s Nepal Banda Updates

nepal banda, banda against unplanned raod expansion

काठमाडौं,पुस २०— काठमाडौं उपत्यकाबासी सडक विस्तार पीडित संघर्ष समितिले आज आव्हान गरेको उपत्यका बन्दको प्रभाव सामान्य रुपमा परेको छ । सडकमा निजी सवारी सधैंको झैं सामान्य रुपमा चलिरहेका छन् भने सार्वजनिक सवारीसाधानहरु पनि छिटफुट रुपमा चलिरहेका छन् । सडकमा बन्दकर्ता देखिएका छैनन भने भने मुख्य मुख्य चोकमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।

सर्वोच्च अदालतको आदेशलाई समेत अटेर गर्दै राज्यकै एक निकायका मानिसले बाटो फराकिलो बनाउने भन्दै आफूहरुलाई मुआब्जा नदिई उठिबास लगाउन खोजेकोले आफूहरुले बाध्य भएरै दवाब दिन उपत्यका बन्द आव्हान गरेको बन्द आयोजकले जनाएको छ ।

हाल कलंकी–थानकोट–नागढुंगा, त्रिपुरेश्वर–कालिमाटी–कलंकी, सामाखुसी–धापासी–टोखा, गल्कोपाखा–चक्रपथ, जोरपाटी–थली, थली–साँघु, जोरपाटी–सुन्दरीजल, ठैब, हरिसिद्धि, वादेगाउँ, तौखेल (गोदावरी), चोभार–फर्पिङ, कीर्तिपुर, भक्तपुर, बुंगमति, सुनाकोथी, गोंगबुँ (प्रगतिनगर–बिपि मार्ग), बालाजु, सितापाइला–रामकोट, सूर्यविनायक, चापागाउँ, ठेचो र टोखामा गरी २४ वटा स्थानीय संघर्ष समितिहरुले संयुक्त रुपमा बन्दको आव्हान गरेका हुन् ।

Source: recentnepal.com, Routine of Nepal Banda

Leave a Reply