Reason behind establishment of Badhari bikram thapa guthi

kamal thapa, badhari bikram thapa, surya thapa, kiran thapa, events in nepal

कर्मयोगी बद्रीविक्रम थापाको नाममा गुठी स्थापना हुनुको कारण

नेपालको समाजसेवाको इतिहासका एक विलक्षण व्यक्तित्वको रुपमा कर्मयोगी बद्रीविक्रम थापाको नाम स्थापित छ । उहाँले समाजको उत्थानमा आºनो जीवनको प्रत्येक क्षण एक गृहस्थ ऋषिको रुपमा व्यतीत गर्नुभएको थियो । नेपालको भाषा साहित्य, धर्म, संस्कृति, कला र ज्ञान विज्ञानलाई पढेर चिनौं, आºनै श्रम, स्रोत र कामद्वारा विश्वसमक्ष सगौरव उभिऔं भन्दै उहाँ निरन्तर कार्यरत रहनुहुन्थ्यो ।

Speech By Staya Mohan Joshi

Speech By Kamal Thapa

Speech By Kiran Thapa

Speech By Kamal mani dikxit


सानो उमेरमै राणाशासनबाट देशलाई मुक्ति दिलाउन स्वतन्त्रताको विगुल फुक्दै प्रजातन्त्र सेनानीको रुपमा जोखिमपूर्ण कार्य उहा“ले गर्नुभयो । उहाँ युवा कालदेखि नै एक कुशल प्रशासक भई कीर्तिस्तम्भ खडा गर्ने गृहस्थ योगी व्यक्तित्व हुनुहुन्थ्यो । सादा जीवन, उच्च विचारको सिद्धान्तलाई कार्यरुप दिने एक गृहस्थ योगी व्यक्तित्व हुनुहुन्थ्यो । औपचारिक शिक्षा थौरै लिएर पनि उहाँ राष्ट्रका महत्वपूर्ण पदहरुमा पुग्ने व्यक्ति मात्र हुनुभएन, मेचीदेखि महाकालीसम्म आºनो सेवाद्वारा राष्ट्र निर्माणको पवित्र कार्यमा जुटनुभयो । त्यति धेरै समय पदमा बसेर पनि आर्थिक पवित्रता कायम गर्दै उहाँ राष्ट्रमा उदाहरणीय व्यक्तित्वको रुपमा चिनिनुभयो ।

 

उहाँबाट यस मुलुकका धेरैै मानिसहरुले आ–आºनो कार्यक्षेत्रमा अनेकन सुझाव सहयोग र प्रेरणा पाएका छन् । राष्ट्रलाई उहाँ जस्तै राष्ट्रप्रेमी, समाजसेवी र कर्मयोगी चाहिएको छ । राष्ट्रवासीमा उहाँकै जस्तो आर्थिक पवित्रता र कर्तव्यनिष्ठा चाहिएको छ ।

त्यसैले उहाँको अनुकरणीय जीवनशैली प्रखर राष्ट्रवादी विचार निष्काम समाजसेवाको कर्म एवं भावलाई जन जनसम्म पु¥याउनुका साथै समाजका विविध क्षेत्रमा सहयोग पु¥याउने उद्देश्य राखी यस संस्थाको जन्म भएको हो ।

हाम्रो राष्ट्रमा समस्या अनेक छन् साथै हाम्रा चाहना वा आवश्यकता असीमित छन् तर स्रोत साधन र संकल्पको भने ज्यादै नै अभाव छ । यस्तो संवेदनशील अवस्थामा कर्मयोगी बद्रीविक्रम थापाले हिडेको बाटोले अवश्य पनि सवैलाई मार्गदर्शन गर्नेछ, उत्साह प्रदान गर्नेछ तथा सन्तुलन समन्वय र सदभावको वातावरण सिर्जना गर्नेछ । यस्तै विश्वासका साथ नै यो गुठी अगाडि बढ्नेछ । यिनै ध्येयका लागि २०५३ सालमा यो गुठी विधिवत दर्ता भई २०५४ साल मार्ग २४ गते राष्ट्रिय सभागृहमा एक समारोह बीच समुद्घाटन भएको थियो ।

कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठी को आयोजनामा ९२ औं बद्रीबिक्रम थापा स्मृति सभा एवं कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठी को १७ औं वार्षिकोत्सवको प्रमुख अतिथि  वरिष्ट साहित्यकार कमलमणि दीक्षितले दीप प्रज्वलन र बद्रीविक्रम थापाको फोटोमा माल्यार्पण गर्नुका साथै समाजमा उल्लेखनीय कामगर्ने वरिष्ट पत्रकार एवं समाजसेवी व्यक्तित्व भैरव रिसाललाई  अभिनन्दन पत्र २०७१ र रु. ५१,०००। राशी प्रदान गर्नुभयो । सम्मानित व्यक्तित्वलाई गुठीका अध्यक्ष श्री सत्यमोहन जोशीले माल्यार्पण गर्नुभएको थियो ।

विशिष्ट अतिथिको आशनबाट  पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री कमल थापाज्यूबाट हिन्दू विद्यापीठ नेपाल, थलीका छात्रा  रेनु थापालाई डा.लोकविक्रम थापाद्वारा स्थापित बद्रीविक्रम थापा चरित्र निर्माण पुरस्कार रु १०,०००। –(दशहजार) प्रमाण पत्र सहित प्रदान गर्नुभयो । सम्मानित व्यक्तित्वलाई गुठीका उपाध्यक्ष श्री भीमबहादुर अधिकारीले माल्यार्पण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि  वरिष्ट साहित्यकार कमलमणि दीक्षितज्यूबाट सेवा गुठीको वार्षिक प्रकाशन सेवा नेपाल २०७१ र विशिष्ट अतिथिको रुपमा समाजसेवी एवं शिक्षाविद् अंगुरबाबा जोशीज्यूबाट उखानभित्रका कथा पुस्तकको लोकार्पण पनि गर्नुभयो ।

मन्तव्यको क्रममा ‘सेवा पुरस्कार नेपाल २०७१’द्वारा सम्मानित वरिष्ट समाजसेवी एंव पत्रकार भैरव रिसालज्यूले वि.स.२०२६ । २०२७ साल तिरको स्व.थापासंगको जुम्लाको स्मरण सुनाउनु हुँदै वहाँको व्यक्तित्व माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै विशिष्ट अतिथि समाजसेवी एवं शिक्षाविद् अंगुरबाबा जोशीज्यूले बद्रीविक्रम थापाद्वारा लिखित उक्तिहरुको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै विशिष्ट अतिथि कमल थापाज्यूले बद्रीविक्रम थापालाई समग्रमा एउटा असल व्यक्तित्वको रुपमा चित्रण गर्दै वहाँको कर्मयोगी व्यक्तित्वको बारेमा विश्लेषण गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिदै गुठीका कोषाध्यक्ष किरण थापाले गुठीको विभिन्न क्रियाकलाप र गुठीको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै गुठीका सदस्य सचिव डा.चिन्तामणि योगीले सम्पूर्ण आमन्त्रित वर्ग एवं अतिथिहरुलाई धन्यवाद दिदै थापाज्यूको सरल व्यक्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो । सभामा मुख्य अतिथि वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले स्व.थापासंगको विभिन्न स्मरण सुनाउँदै आºनो मन्तव्य दिनु भएको थियो । गुठीको प्रकाशन सेवा नेपाल र उखानभित्रको कथाको सम्बन्धमा सम्पादक हरि मञ्जुश्रीले आºनो मन्तव्य दिनु भएको थियो ।
सम्मानित व्यक्तित्व भैरव रिसाल  र छात्रा रेनु थापालाई प्रदान गर्ने प्रमाण पत्र क्रमशः जीवनचन्द्र कोइराला  र श्रीमती सुर्वणलता थापाले वाचन गरेको थियो ।

सभामा प्रमुख अतिथि लगायत मञ्चमा आशन ग्रहण गर्नुहुने महानुभाव व्यक्तित्वमा जीवनचन्द्र कोईराला र श्रीमती सविना नेपालीले व्याच वितरण गर्नु भएको थियो भने श्री राजु थापा, सुश्री सौन्दर्य थापा, बसुन्धरा क्षेत्री र पौरखविक्रम थापाले व्यवस्थापन कार्यमा सहयोगीको भूमिका निभाउनु भएको थियो ।

राष्ट्रिय गीत गायन आनन्द कार्कीले गाएको थियो भने कार्यक्रम सञ्चालनको वीच वीचमा हिन्दू विद्यापीठ नेपाल, थलीका छात्रछात्राहरुबाट  गीतहरु गाइएको थियो ।

राष्ट्रिय सभा गृह, सभा हलमा  शुभारम्भ भएको  कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठीको आयोजनामा ९२ औं बद्रीबिक्रम थापा स्मृति सभा एवं कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठीको १७ औं वार्षिकोत्सवको कार्यक्रम सञ्चालन हरिप्रसाद सोडारीले गर्नुभएको भयो ।
अन्तमा गुठीका सभापति सत्यमोहन जोशीज्यूबाट आºनो मन्तव्य सहित सभालाई विर्सजन गर्नु भएको थियो ।

बद्रीबिक्रम: (अभिवन्दनकाव्य) टिप्पणीकाण्ड (परानुभूति) बाटसाभार केही कविता ।

माया गरेर मन्त्रीले चढाईकन मोटर
पुर्याए पनि आवास थपिदैन प्रसन्नता
पनि क्यै रोष उत्पन्न हँुदैन उनमा रति
यस्ता कति स्थितप्रज्ञ होलान् हाम्रो समाज ?
= कमल दीक्षित

बद्रीबिक्रम थापाको जीवनीबाट प्रेरणा
लिएर नव– पुस्ताले आदर्शहरु सम्झिई
पछ्याउन सके देश, जनता र समाजको
ठूलो कल्याण नै हुन्छ यो कुरामा म ढुक्क छु ।
= स्व. गणेशमान सिंह

जनक्रान्तिप्रति ठूलो योगदान दिने उनी
छन् स्मरणीय नेपाली क्रान्तिको इतिहासमा ।
= स्व. भुवनलाल प्रधान

सम्मान– कार्यमा जुट्नु कवि– लेखकको सदा
सहयोग सदा गर्ने गर्ने कष्ट निवारण
र कार्यालयमा गर्ने सधैं सत्कार स्वागत
बद्रीबिक्रमको एक विशेषता यही थियो ।
=रमा शर्मा

सादा जीवनशैली र विचार उच्च कोटिको
र राष्ट्रवादी व्यक्तित्व बद्रीबिक्रम थापाको थियो ।
= सूर्यबहादुर थापा

बद्रीबिक्रम कर्तव्यनिष्ठता, निष्कलङ्कता
निष्पक्षता, निर्भयता, नम्रताका स्वरुप हुन् ।
=स्व. हरि श्रेष्ठ

Leave a Reply