Palestinian terrorist attacked Nepali Girl in Israel.

nepali girls in israel, Nepali girl stabbed by knief in israel

इजरायलको राजधानी जेरुशलेममा कार्यरत एक नेपाली चेलिमाथी आतंकवादी आक्रमण भएको छ ।

काठमाण्डौ कोटेश्वर स्थायी घर भई विगत ८ बर्षदेखि इजरायलको जेरुशलेमस्थित किराँत मोशे भन्ने ठाउँमा कार्यरत इश्वरी थपलिया नाम गरेकी नेपाली चेलीमाथि आज विहान करिव साढे १० बजेको समयमा चक्कु प्रहार भएको हो ।

जेरुशलेमको केन्द्रिय वस पार्क नजिकै पर्ने रुमेमा भन्ने स्थानमा बस स्टेसनमा बस कुरिरहेको अवस्थामा उनमाथि सो आक्रमण भएको हो । उनको ढाडमा चक्कु प्रहार भएको छ । आक्रमण लगत्तै उनलाई इजरायली एम्वुलेन्स सेवा (मगेन दाविद आदोम)को सहयोगमा सरिक सेदेक अस्पतालमा पुर्याइएको छ भने आकस्मिक कक्षमा उनको उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको हाम्रो जेरुशलेमस्थित सहकर्मीले जनाइएका छन्।

घटनाको संदिग्ध अपाराधीलाई त्यस क्षेत्रको तलासी पश्चाक गिरफ्तार गरिएको संचारमाध्यमहरुले जनाएका छन् । शंकास्पद व्यक्ती वेस्टब्याङ्क निवासी १७ बर्षिय प्येल्सेटेनी रहेको र उ घटनासंग जोडिएको इजरायल प्रहरीलाई उदृत गर्दै बताइएको छ ।

इजरायलमा पछिल्लो समयमा प्यालेस्टेनी विद्रोही तथा इजरायलमै रहेका अरवी मुलका मुस्लिमहरुबाट समेत चक्कु प्रहार गर्ने क्रम विगत २ महिनादेखि जारी छ । सोही क्रममा प्येलेस्टेनी आतंकवादीले नेपाली चेली इश्वरीमाथि चक्कु प्रहार गरेको हो ।

त्यस्तै आज विहानै इजरायलको जेरुशलेममा रहेको वर्ल्ड सिटीस्थित दमस्कस गेटमा इजरायली सीमा प्रहरीमाथि पनि आक्रमण भएको छ । उनीमाथि चक्कु प्रहार भएको थियो भने आक्रमणकारी प्रहरी फायरिङमा मारिएको छ ।

आक्रमणबाट सामान्य घाइते भएका ति प्रहरी अधिकारीको हदासा मेडिकल कलेज इन्करेनमा उपचार भइरहेको मागेन्दाविद आदोमले जानकारी दिएको छ ।

Above is related image searched in google.com not real one.
Source: http://www.a1khabar.com

Leave a Reply