फर्सी र पाउरोटीमा लुकाएर लाखौं विदेशी मुद्रा तस्करीको प्रयास

पाउरोटी, फर्सीभित्र लुकाएर अवैध रुपमा लाखौं विदेशी मुद्रा चीनको खासा लैजान लागेको लाखौं डलरसहितका विदेशी मुद्रासहित सहित १४ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरले कोटेश्वरबाट ११ महिला र तीन पुरुषलाई पक्राउ गरेपछि तस्करी नयाँ शैली पत्ता लगाएको हो ।

हनुमानढोका प्रहरीका अनुसार उनीहरुले डलर लुकाउन पाउरोटीका साथै फर्सी, थर्मस, कस्मेटिक सामाग्री, प्यास्टिकका भाडा र व्याग प्रयोग गरेका थिए । प्रहरीका अनुसार पैसा लुकाउन उनीहरुले पाउरोटीको भित्री भाग खोक्रो बनाएका थिए भने फैसीको केही भाग काटेर भित्र राखेका थिए । यस्तै उनीहरुले थर्मसको तल्लो भाग विगारेर सिसा र स्टीलको बिचमा समेत पैसा लुकाएको पाइएको छ ।

पक्राउ परेका तिब्बती नागरिकहरुबाट १० मुलुकका झन्डै छ करोड ५० लाख बराबरको विदेशी मुद्रा बरामद भएक छ । जसमा तीन लाख ९७ हजार १ सय २८ डलर, १ लाख १६ हजार ८ सय ४० युरो छ । यस्तै १९ हजार २८० पाउण्ड स्टलीङ, ३५ सय ७० क्यानेडियन डलर, १४ हजार १०५ अष्ट्रेलियन डलर, ७१ लाख ८२ हजार जापानी यान, ७८ हजार ३५० चाइनिज यान, १७ हजार सिंगापुर डलर, १० हजार हङकङ डलर, ६ हजार फ्रान्सको मुद्रा समेत बरामद भएको छ ।
Source: Online Khabar

Leave a Reply