Lumbini Diwas (Buddha Jayanti)

Buddha, lord Buddha, Nepal

बुद्धजयन्ती तथा लुम्बिनी दिवस

२५५७औं बुद्धजयन्तीको पावन अवसरमा जेठ ११ गते बैशाख पूर्णिमाका दिन भव्य रुपले हर्ष र उल्लासमय वातावरणमा लुम्बिनी विकास कोषद्वारा बुद्धजयन्ती तथा लुम्बिनी दिवस गरी मनाईयो ।
अन्तर्राष्ट्र्यि बौद्ध समाजका संस्थापक अध्यक्ष श्रद्धेय भिक्षु मैत्री महास्थविरबाट पञ्चशील प्रदान गर्नुभयो ।
उक्त सभामा गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा आयोजित विशेष बौद्ध सभालाई चुनावी मन्त्रिपरिषद्का अध्यक्ष्य सम्माननीय खिलराज रेग्मीज्यूले बुद्धलाई कुनै एक धर्मको रुपमा चित्रण नगरी बहुधार्मिक दार्शनिकको रुपमा स्वीकार गरेर अधि बढ्न सके बुद्धका उपदेशको सान्दर्भिकता रहने धारणा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष्य कर्मा सङ्बो शेर्पा, लुम्बिनी विकास कोषका सदस्य सचिव श्री अजितमान तामांगहरुले आआफनो मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रममा लुम्बिनी विकासमा सहयोग पुर्याउनेहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply