Local People of Itahari burned the stage protesting against Rajendra Mahoto.

protest in Itahari, rajendra mahoto, stage burned by protester
११ मंसिर, इटहरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले इटहरीमा गर्न लागेको विरोधसभाका लागि तयार पारिएको मञ्च सत्तारुढ विद्यार्थी संगठनका कार्यकर्ताहरुले जलाइदिएका छन् । मञ्चमा आगजनी भएपछि अहिले इटहरी तनावग्रस्त बनेको छ ।
मोर्चाले शुक्रबार दिउँसो गर्न लागेको सभाका लागि शुक्रबार बिहानै कार्यकर्ताहरुले इटहरीको खेतीखोला नजिकै मञ्च बनाएका थिए । मञ्च बनाइरहेकै बेला विद्यार्थी संगठनका कार्यकर्ताले पेट्रोल छर्किएर मञ्चमा आगो लगाइदिएका छन् ।मधेसी मोर्चाले आयोजना गर्न लागेको सभामा राजेन्द्र महतोलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने सुनेपछि विद्यार्थी संगठनहरुले कार्यक्रम नगर्न भन्दै विहीबार विज्ञप्ति जारी गरेका थिए ।भारतले नाकाबन्दी गरेर दुख दिइरहेको र सुनसरी जिल्लामै भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गोली प्रहार गरेको अवस्थामा भारतकै समर्थनमा कार्यक्रम गर्न लागिएको भन्दै इटहरीका विद्यार्थी संगठनहरुले मोर्चालाई कार्यक्रम नगर्न भनेका हुन् ।

भारतीय एसएसबीले नेपाली नागरिकमाथि गोली प्रहार गरेपछि सुनसरीवासीहरु आक्रोशित बनेका छन् । यस्तो बेलामा मोर्चाले गर्ने कार्यक्रम रोक्नुपर्ने इटहरीका विद्यार्थी संगठनको माग थियो ।

तर, मोर्चाले कार्यक्रम गर्नु आफूहरुको लोकतान्त्रिक अधिकार भएको भन्दै मञ्च निर्माण गरेको थियो । मधेसी मोर्चासँगै संघीय लिम्बुवान पार्टीले पनि कार्यक्रममा सहभागिता जनाउने तयारी थियो ।

स्रोतका अनुसार नेपाली कांग्रेस, एमाले, एमाओवादी, वैद्य माओवादी र राप्रपा नेपालका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मोर्चालाई कार्यक्रम नगर्न भनेका थिए ।

इटहरी तनावग्रस्त

कार्यक्रम नै गर्न नपाई मञ्चमा आगजनी गरिएपछि दुईपक्षीय झडपको सम्भावना बढेको भन्दै सुृरक्षा निकायले सतर्कता अपनाएको छ । राजमार्गमा सुरक्षाकर्मीहरु ठूलो संख्यामा तैनाथ गरिएका छन् भने राजमार्गउत्तरतर्फ ठूलो संख्यामा विद्यार्थी संगठन र स्थानीयवासीहरु भेला हुन थालेका छन् ।

राजमार्गभन्दा दक्षिणतर्फ डढेको मञ्च आसापास सानो संख्यामा मधेसी मोर्चाका कार्यकर्ताहरु छन् । उनीहरु कार्यक्रम गरी छाड्ने बताइरहेका छन् ।

Source: Online Khabar

Leave a Reply