KabiKeshari Chitra Dhar Hridaya 108 Celebration

Nepal bhasa sahityakar, great poet of nepal, newari literacy, kabikeshari

कविकेशरी चित्तधर हृदयको १०८ औं जन्मजयन्ती सुसम्पन्न

नेपाल भाषा परिषद्का संस्थापक कविकेशरी चित्तधर हृदयको १०८ औं जन्मजयन्तीका सन्दर्भमा जेठ १० गते नेपाल भाषा परिषद्द्वारा परोपकार उच्च माध्यामिक विद्यालय, भीमसेनटोलमा आयोजित समारोहमा नेपाल भाषा परिषद्का अध्यक्ष श्री फणीन्द्ररत्न बज्राचाार्यको सभापतित्वमा  कार्यक्रम  सञ्चालन  भएको  थियो भने संस्कृतिविद्  तथा साहित्यकार श्री सत्यमोहन जोशीको प्रमुख आथित्वमा सुसम्पन्न भयो ।

उक्त  समारोहमा संस्कृतिविद्  तथा साहित्यकार श्री सत्यमोहन जोशीबाट नेपाल भाषा परिषद्का उपाध्यक्ष,  प्रा. श्री सुवर्ण शाक्यलाई मानार्थ उपाधि भाषाथुवाले सम्मान गर्नुभयो । यसरी नै नेपाल सम्वत् ११३३ को चित्तधर पुरस्कारबाट थौकन्हे मासिक पत्रिकाका सम्पादक रुक्मिणि श्रेष्ठलाई, ठाकुरलाल पुरस्कार नियात्राकार श्री राजेन मानन्धरलाई र पूर्ण हीरा पुरस्कारबाट श्री ज्ञानकाजी मानन्धरलाई प्रमुख अतिथिबाट प्रमाणपत्र र प्रतिव्यक्ति नगद रु २५०००। तीनजनालाई प्रदान गर्नुभयो ।

नेपाल भाषा परिषद्का भूतपूर्व अध्यक्ष पूर्णकाजी ताम्राकारका कृतिहरुबाट समालोचना पुस्तकको घुम्टीखोली पनि प्रमुख आथित्वबाट सुसम्पन्न भएको छ । पूर्ण हीरा पुरस्कारका लागि परिवारबाट पुरस्कार स्थापना गरेको उहॉँँका सुपुत्र दिपंकरमुनि ताम्रकारले बताउनुभयो ।

नेपाल भाषा परिषद्का सदस्य सचिव श्री नवीन चित्रकारबाट परिषद्को गतिविधि, स्वागत मन्तव्य  र नेपाल भाषा परिषद्का कोषाध्यक्ष
डा. केशरीलक्ष्मी मानन्धरबाट धन्यवाद ज्ञापन भएको थियो ।

कार्यक्रमको उद्घोषण शशिकला मानन्धरले गर्नुभएकीे थिइन ।

Leave a Reply