Hats Off guys, Rickshaw Marriage

Nepali Marriage, Newari marriage, best marriage ever

NO Petrol, No Diesel, No car, No Bus No problem. Winner don’t do different things they do things differently.
Hats off Guys.

काठमाडौं : बुधबार दिउँसो काठमाडौंको कालिमाटीस्थित एक घरबाट फूलमाला लगाएर टाईसुटमा सजिएका एक युवा रिक्सामा सवार भइ खुसिबुतर्फ लागे । उनी पछिपछि चिटिक्क सजिएका करिब २० जना युवायुवती पनि

यो दृश्य कुनै फिल्म सुटिङको होइन । कालिमाटी निवासी साइकल अभियन्ता शैलेन्द्र डंगोलको बिहेको दृश्य थियो । विगत दश वर्षदेखि थहिटी मागलकी सुनिरा श्रेष्ठको प्रेममा परेका शैलेन्द्र उनैलाई जीवनसाथी बनाउन निस्कँदा उनले अनौठो सवारीसाधन प्रयोग गरे ।

आफ्नो बिहेका कार र बसलाई झकिझकाउ बनाएर लैजाने परम्परालाई चुनौती दिँदै शैलेन्द्र घरबाट अन्मिएर रिक्सामा सवारी भइ बेहुलीको घर हुँदै सोह्रखुट्टेस्थित नेपाः पार्टी प्यालेस पुगे । नेपाः पार्टी प्यालेसमा शैलेन्द्र र सुनिराका बाबुआमाले नातागोतालाई त्यहीँ संयुक्त पार्टी दिएपछि सुनिरा रिक्सामै चढेर शैलेन्द्रको घरतर्फ लागिन् ।

यी नवदम्पतीलाई नेपालका अन्य साइकल प्रेमीले साथ दिए । ‘म लामो समयदेखि साइकल प्रयोग अभियानमा छु’, शैलेन्द्रले भने, ‘सुनिरा पनि साइकल अभियन्ता हुन् । १० वर्षदेखिको हाम्रो प्रेमलाई हामीलाई वातावरण मैत्री साधनमा चढेर विवाहमा परिणत गरेका हौं ।’

करिब ८ वर्षदेखि साइकलमा सवार हुने शैलेन्द्रको सपना काठमाडौंलाई साइकलमैत्री सहर बनाउनु हो । तर उनको त्यो अभियानले सहरमा साइकल लेनयुक्त सडक नहुँदा मूर्तरुप पाउन सकेको छैन ।

साइकल लेनसहितको सडक भएमा साइकल चढ्नेहरुको संख्या पनि बढ्ने थियो’, उनले सुनाए, ‘इन्जिनयुक्त साधनविना पनि जीवनशैली चल्न सक्छ । तर सरकारले सहरका सडकमा साइकल लेन अनिवार्य बनाउनुपर्छ ।’

काठमाडौंमा साइकल अनिवार्य साधन भइसकेको उनको बुझाइ छ । अहिलेको नाकाबन्दीमा साइकल स्वास्थ्य र वातावरण बचाउन पनि सबैले प्रयोग गर्नुपर्ने उनी बताउँछन् । ‘साइकलले परनिर्भरता पनि कम गराउँछ । वातावरण स्वस्थ बनाउन पनि मद्दत गर्छ’, उनले सुनाए ।
Source: http://www.annapurnapost.com

Leave a Reply