Gopal Pandey Birth Centenary and Nepal Education Council Anniversary

featured, gopal pandey ashim, nepali literal person, ram sharma, sushil pandey, indira sharma, nepali education council, ramesh khakurel, events in nepal, nepali events, events of nepal, nepali literacy

गोपाल पाँडे “असीम” जन्मशताब्दी र नेपाली शिक्षा परिषद्को वार्षिकोत्सव

नेपाली शिक्षा परिषद्का संस्थापक तथा सचिव गोपाल पा“डे “असीम”को १०२ औं जयन्ती तथा नेपाली शिक्षा परिषद्को ६४ औं वार्षिकोत्सव साउन ३१ गते लेखनाथ साहित्य सदनमा आयोजित समारोहमा समारोहका सभापति तथा परिषद्का सम्माननीय अध्यक्ष, राष्ट्रकवि श्री माधवप्रसाद घिमिरेबाट संस्थापक भाषासेवी गोपाल पा“डे “असीम” पुरस्कार  “विभिन्न रचनात्मक क्रियाकलापका माध्यमबाट नेपाली भाषा साहित्यको सेवा र स्रष्टाको सम्मानमा उल्लेखनीय योगदान  पु¥याउनु हुने”  श्री चितवन साहित्य परिषद्, पुरस्कृत संस्थाका अध्यक्ष गायत्री श्रेष्ठलाई माल्यार्पण तथा सम्मानपत्रसहित रू. ३०,०००। तीसहजार रूपैंया नेपाली शिक्षा परिषद्बाट स्थापित “गोपाल पा“डे असीम पुरस्कार” प्रदान गर्नुभयो । उक्त सभा उर्हाँकै सभापतित्वमा सुसम्पन्न भएको थियो ।

नेपाली शिक्षा परिषद्का सदस्य—सचिव रमा शर्माबाट परिषद्को गतिविधि प्रस्तुत गर्नुहुन्दै  स्वर्गीय असीमप्रति श्रद्धाञ्जली व्यक्तगर्दै उर्हाँले गोपाल र्पाँडे  असीम पुरस्कार २०७१ बाट पुरस्कृत संस्थाका अध्यक्ष  लगायत संस्थाका परिवारलाई बधाई ज्ञापन गर्नुभयो ।
हालसम्म सम्मानित हुनुहुने निम्न विशिष्ट भाषासेवी व्यक्तित्वहरु
१.    श्री बालकृष्ण पोखरेल     २०५०
२.     श्री कमलमणि दीक्षित     २०५१
३.    श्री धवलागिरि साहित्य प्रतिष्ठान     २०५२
४.    श्रीे गोपीनारायण प्रधान (शिलाङ), भारत)     २०५३
५.    श्री गोमा उपाध्याय     २०५४
६.    श्री लोकराज र्पाँडे      २०५५
७.    श्री पे्रम छोटा     २०५६
८.    श्री भवानी घिमिरे      २०५७
९.    श्री कृष्णप्रसाद पराजुली      २०५८
१०.    श्री डा. हर्षबहादुर बुडा मगर     २०५९
११.    श्री पूर्णप्रकाश नेपाल “यात्री’’      २०६०
१२.    श्री साहित्यिक पत्रकार संघ       २०६१
१३.    श्री डा. चूडामणि बन्धु      २०६२
१४.    श्री डा. हेमांगराज अधिकारी      २०६३
१५.    श्री भद्रकुमारी घले      २०६४
१६.    श्री अन्तर्राष्ट्र्यि नेपाली साहित्य समाज,
अमेरिका      २०६५
१७.    श्री दधिराज सुवेदी      २०६६
१८.    श्री माधवप्रसाद पोखरेल      २०६७
१९.    श्री पद्मराज जोशी      २०६८
२०.    श्री मोहन दुवाल       २०६९
२१.    श्री अच्युतरमण अधिकारी    २०७०
२२.    श्री चितवन साहित्य परिषद्     २०७१
यसरी नै सो समारोहमा  भानु माध्यमिक विद्यालय (दरबार स्कूल) बाट एस. एल. सी. परीक्षामा नेपाली विषयमा सर्वोत्कृष्ट अंक प्राप्तगर्ने विद्यार्थीलाई प्रशंसापत्रसहित रु. ३,०००। तीन हजारको गोपाल पाँडे “असीम” उत्कृष्ट नेपाली पुरस्कार परिषद्का सम्माननीय अध्यक्ष, राष्ट्रकवि श्री माधवप्रसाद घिमिरेबाट श्री शौरभकुमार चौधरी र गत वर्ष अनुपस्थित रहेका पदम खत्रीको पुरस्कार निजका भाइ ललित खत्रीलाई प्रदान गर्नुभयो ।
हालसम्म सम्मानित हुनुहुने निम्न सर्वोत्कृष्ट अंक प्राप्तगर्ने विद्यार्थीहरु
१.    श्री खिलराज के. सी.         २०५२
२.    श्री लोकेन्द्रसिंह विष्ट         २०५३
३.    श्री कृष्णगोपाल श्रेष्ठ         २०५४
४.    श्री शिवप्रसाद काफले     २०५५
५.    श्री उद्धव शाही    २०५६
६.    श्री कवीन्द्र नापित     २०५७
७.    श्री कृष्णप्रसाद पौडेल      २०५८
८.    श्री रामकुमार श्रेष्ठ       २०५९
९.    श्री शिवराज भट्टराई      २०६०
१०.    श्री अशोक श्रामणेर (अशोक गिरि)     २०६१
११.    श्री सुजन अधिकारी      २०६२
१२.    श्री राजकुमार अधिकारी र
श्री सन्देश शर्मा (संयुक्त)      २०६३
१३.    श्री लालबहादुर तामाङ      २०६४
१४.    श्री राहुल चौधरी      २०६५
१५.    सुश्री मनिषा गुरुङ      २०६६
१६.    श्री आशिष थापामगर      २०६७
१७.    श्री अमित श्रेष्ठ      २०६८
१८.    श्री गौरवकुमार चौधरी      २०६९
१९    श्री पद्म खत्री     २०७०
२०    श्री शौरभकुमार चौधरी    २०७१
चितवन साहित्य परिषद् पुरस्कृत संस्थाको परिचय साहित्यकार श्री अमर न्यौपानेले प्रस्तुत गर्नुभयो भने सम्मानपत्र वाचन नेपाली शिक्षा परिषद् सदस्य प्रा. डा. इन्दिरा शर्माबाट गर्नुभएको थियो ।
असीम पुरस्कार ग्रहणपछि पुरस्कृत संस्थाका अध्यक्ष गायत्री श्रेष्ठले भन्नुभयो आज नेपाली शिक्षा परिषद्ले चितवन साहित्य परिषद्को वाङ्मयिक योगदानको मूल्यांकनगरी गोपाल पाँँडे असीम पुरस्कार प्रदान गरेर चितवन साहित्य परिषद्लाई  राष्ट्रिय स्तरमा परिचित गरिदिनाको साथै यसको प्रतिष्ठालाई आलोकित गरेको छ ।
परिषद्का सदस्य डा. चेतबहादुर कु“ंवरबाट स्वागत मन्तव्य  र अर्का सदस्य श्री तेजेश्वर बाबु ग्वंगबाट धन्यवाद ज्ञापन भएको थियो । कार्यक्रमको उद्घोषण श्री शंकरप्रसाद पाण्डेज्यूले गर्नुभएको थियो ।

Leave a Reply