Facemeu.com Bhanu Bhakta Nepali Poem Contest CN 30 Dikshya Lamichhane – Mero desh Nepal

http://facemeu.com
Bhanu Bhakta Inter-School Poem Competition
CN 30
Dikshya Lamichhane Radiant Reader’s Academy
Place : Intensive International Academy School
Rank: 22

मेरो देश नेपाल

हिमाल, पहाड, तराईको संंगम यो भूमि
बाँचिरहेछौँ युगौँ —युग यहि माटोलाई चुमी ।
नेपालकै नेपालीकै सुन्दर आँगन घुमी
पवित्र छ पावन छ, मेरो जन्म भूमि ।।
मेरो देश नेपाल !

चन्द्रसूर्य आकाशका फहराउने देश मेरो
मेची—काली सिमाना हो मेरै सेरोफेरो ।
हुनुहुन्न चाहना छ कतै टेडोमेडो ।।
म होइन हामी छौँ यहाँ छैन तेँरो मेरो ।।
मेरो देश नेपाल !

भृकुटीकी माइती देश सति—सीता जन्मिइन्
अरनिको, गौतम बुद्ध , पासाङ ल्हामु जन्मिइन् ।
सगरमाथा, घर्तीको शिर यहि माटोमा उभिइन्
बलभद्रको वीरतालाई घर्तीले सलाम गरिन् ।।
मेरो देश नेपाल ! मेरो देश नेपाल ! धन्यवाद !

Leave a Reply