Facemeu.com Bhanu Bhakta Inter-School Poem Competition CN 35 Mukesh Das Morning Glory School

http://facemeu.com
Bhanu Bhakta Inter-School Poem Competition
CN 35
Mukesh Das
Morning Glory School
Place : Intensive International Academy School
Rank: 30
तीजको रमझम

हेर साथी
ऋायो है तीज खुसियाली लिएर
नारीहरुको मनमा आकांक्षा बोकेर
यो किन्नु, त्यो किन्नु, के किन्नु भनेर ?

हेर साथी,
आयो है तीज मनमा सुनौलो स्वप्न बोकेर
नाच्दैछन् सबै खुसियाली बोकेर
मख्खै छिन् उनीहरु साथीहरुलाई भेटेर
न भोक छ न तिर्खा नाच्दैछन् सबै लिन् भएर

हेर साथी
आयो है तीज कस्तो रमझम बोकेर
दिनभरि पशुपतिमा भोकै बसेर
नाच्छन्,, गाउँछन् केटीहरु असल श्रीमान पाउन भनेर
श्रीमतीहरु गीत गाउँछन् श्रीमानको दिर्घायुको कामना गरेर ।

हेर साथी,
आयो है तीज कस्तो खर्च बोकेर
लिन आउँछन् दाजुभाई आशा बोकेर
जान्छन् दिदीबहिनी दर खान माइत भने
फर्केर आउँछन् घर बिरहको गीत गाएर
रुन्छन् अभागी दिदीबहिनीहरु माइत जान नपाएर ।

हेर साथी,
आयो है तीज कतै—कतै विकृती भित्र्याएर
दर खान्छन् एक महिना अघि नै परम्परा भुलाएर
नाच्छन्, गाउँछन् आफ्नो सिमा पार गरेर ।

हेर साथी,
आयो है तीज हर्ष र उल्लास बोकेर
मनाऔं सबैले खुसीसंंग परम्परा भित्र बसेर
संरक्षण सम्वर्धन गरौं यसको संस्कृति नभुलेर
पहिचान देऊँ विश्वलाई संस्कृति जोगाएर ।

Leave a Reply