Dhurmush Suntali Foundation Third Namuna Basti.

Dhurmush, Suntali, Mushahar Basti

मुसहर बस्ती निर्माणमा चमत्कार, १ महिनामै ३० प्रतिशत काम सकियो, सहयोग संकलनका लागी अष्ट्रेलिया पुगेका धुर्मुस सुन्तली आजै नेपाल फर्कने

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । १ महिना अघि नेपालका चर्चित हास्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ हरिबंश आचार्यद्धारा शिलान्यास गरिएको बर्दिबास स्थीत नमुना मुसहर बस्तीमा ३० प्रतिशत भन्दा बढि काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले जानकारी दिएका छन् ।

१ महिनामै ३० प्रतिशत भन्दा बढि काम सकिएको छ परियोजनाका संयोजक न्यौपानेले भने यहि गतिमा काम भए हामिले छिट्टै काम सम्पन्न गर्न सक्छौ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको मुसहर बस्ती सोचे अनुरुप भन्दा छिट्टै काम भईरहेको छ । १५ दिनमै १५ प्रतिशत भन्दा बढि काम सकिएको मुसहर बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भईसकेको बताईएको छ । मुसहर बासीहरुले पनि बस्ती निर्मँणमा साथ दिईरहेको बताउने न्यौपानेले सबैको साथ र सहयोगले सोचे भन्दा छिटो काम अगाडी बढिरहेको जानकारी दिए । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ’ उनले भने ‘अब हामिले बस्ती पाउछौ भनेर दिनरात बस्ती निर्मँणमा खटिरहनुभएको छ’ ।

Source: http://dhurmussuntali.com/

Leave a Reply