Bhanu Bhakta

विन्ती डिट्ठा बिचारीसित म कति गरुँ  चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गयाभैं अनिपछि  दिनदिन् भन्दछन् भोलि–भोलि
की ता सक्तीनँ भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि
भोली–भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

आदिकवि श्री भानुभक्त आचार्य
जन्म विक्रम सम्वत् १८७१ असार २९ गते आईतबार
मृत्यु वि. सं. १९२५ असोज शुक्ल पञ्चमी

Leave a Reply