Badhri bikram thapa 92th Memorial birthday Occasion

badhri bikram thapa, badri bikram thapa, surya bahadur thapa, kiran thapa

बद्रीबिक्रम थापाको ९२ औं जन्म स्मृति सभा  ।

कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठीको आयोजनामा विगत वर्ष भैंm  २०७१ साउन ११ गते अपरान्ह २.४५ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा ९२ औं कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सभा मनाइने कार्यक्रममा वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको प्रमुख आतिथित्वमा प्रत्येक दुई वर्षमा प्रदान गरिने सेवा पुरस्कार नेपाल २०७१ प्र्रदान गरिनेछ ।

बद्रीबिक्रम :  (अभिवन्दनकाव्य) टिप्पणीकाण्ड (परानुभूति) बाटसाभार केही कविता ।
माया गरेर मन्त्रीले चढाईकन मोटर
पुर्याए पनि आवास थपिदैन प्रसन्नता
पनि क्यै रोष उत्पन्न हँुदैन उनमा रति
यस्ता कति स्थितप्रज्ञ होलान् हाम्रो समाज ?
= कमल दीक्षित
बद्रीबिक्रम थापाको जीवनीबाट प्रेरणा
लिएर नव– पुस्ताले आदर्शहरु सम्झिई
पछ्याउन सके देश, जनता र समाजको
ठूलो कल्याण नै हुन्छ यो कुरामा म ढुक्क छु ।
= गणेशमान सिंह
जनक्रान्तिप्रति ठूलो योगदान दिने उनी
छन् स्मरणीय नेपाली क्रान्तिको इतिहासमा ।
= भुवनलाल प्रधान
सम्मान– कार्यमा जुट्नु कवि– लेखकको सदा
सहयोग सदा गर्ने गर्ने कष्ट निवारण
र कार्यालयमा गर्ने सधैं सत्कार स्वागत
बद्रीबिक्रमको एक विशेषता यही थियो ।
=रमा शर्मा

सादा जीवनशैली र विचार उच्च कोटिको
र राष्टवादी व्यक्तित्व बद्रीबिक्रम थापाको थियो ।
= सूर्यबहादुर थापा

बद्रीबिक्रम कर्तव्यनिष्ठता, निष्कलङ्कता
निष्पक्षता, निर्भयता, नम्रताका स्वरुप हुन् ।
=हरि श्रेष्ठ

Leave a Reply