Bhanu Bhakta Memorial Convocation

Bhanu bhakta, nepali events

जनमत साहित्य वाटिकाको आयोजनामा
भानुभक्त आचार्य स्मृति सभा

बनेपा, काभ्रे । जनमत साहित्य वाटिकाको आयोजनामा २०४औं भानुभक्त आचार्य स्मृति सभाको प्रमुख अतिथि नेपाली शिक्षा परिषद्की सदस्य सचिव श्रीमती रमा शर्माले पानसमा दीप प्रज्वलन र भानुभक्त आचार्यको फोटोमा माल्यार्पण पश्चात चिरञ्जीवी माकजुकृत काव्य र जीवनः जन र जगत र हरिप्रसाद चौलागाईका बिर्सिएका पाइलाहरु लोकार्पण गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै जनमत साहित्य वाटिकाका संरक्षक श्री मोहन दुवालले स्वागत भाषण गर्नुभएको थियो ।
लोकार्पित पुस्तकहरुका बारेमा श्री चिरञ्जीवी माकजुकृत काव्य र जीवनः जन र जगतबारे श्री रामसुन्दर देउजा र श्री हरिप्रसाद चौलागाईका बिर्सिएका पाइलाहरुबारे श्री शारदाप्रसाद शर्माबाट टिप्पणी गर्नुभएको थियो ।
सभामा अतिथि लगायत अन्य महानुभावहरुले क्रमशः नेपाली शिक्षा परिषद्का डा. श्री बमबहादुर थापा, ऑशुकवि श्री रमेश खकुरेल, समाजसेवी श्री किरण थापा सहित प्रसिद्ध कवि श्री रामबहादुर पहाडी, श्री कृष्णकुमार वैद्य, ज्ञानु दाहाल, श्री सोमकाजी शाक्य, श्री ओतबहादुर खड्का, श्री तुयुक्राजी ताम्राकार, श्री धुवकृष्ण ताम्राकार, श्री नवराज दाहाल उत्साही, श्री रवीन्द्रनाथ कर्माचार्य, घायल योद्धा श्री नवराज, श्री दियेशरत्न शाक्य, श्री सूर्यभक्त कर्माचार्य, सुभद्रा दाहाल, श्री ब्रम्हप्रिय पे्रमस्वरुप, कमला कायस्थ, श्री गोविन्दबहादुर थापा, श्री हरिप्रसाद चौलागाई, वरिष्ठ साहित्यकार श्री धु्रव मधिकर्मी, श्री रामहरि न्यौपाने अन्त्यमा श्री भारव्दाज मित्रसमेतले आआफनो कविता पाठ गर्नुभएको थियो
मञ्चमा आशन ग्रहण गर्नुहुने महानुभाव व्यक्तित्वहरुमा भगवती तिमिल्सिना, र ज्ञानु दाहालले व्याच वितरण गर्नुभएको थियो भने जनमतका सम्पादीका भारती श्रेष्ठले माल्यार्पण गर्नुभएको थियो ।
राष्ट्रिय गीत श्री हरि कर्माचार्यले गाएको थियो भने कार्यक्रम सञ्चालनको वीचमा श्री मच्छेश्वर सापकोटा र श्रीमती सरस्वती सापकोटाबाट असारे लोकगीत गाइएको थियो ।
दिनको २ बजे बनेपा नगरपालिकाको सभा कक्ष(हल)मा शुभारम्भ भएको २०४औं भानुभक्त आचार्य स्मृति सभा कार्यक्रम सञ्चालन श्री कृष्ण सुवेदीले गर्नुभएको थियो ।
अन्तमा जनमत साहित्य वाटिकाका संयोजक एवं सभाका सभापति सूर्यभक्त लाकोजूज्यूबाट आफनो मन्तव्य सहित सभालाई विर्सजन गर्नुभएको थियो ।
प्राविधिककारणले कार्यक्रमको फोटो राख्न सकिएन । यदि तपाईहरुसंग फोटो भए facemeu.com@gmail.com मा पठाउनु भएमा समावेश गर्नेछु ।