Winner of Creative Model Sujan and Puja.

creative model, sujan, puja

सुजन र पुजालाई क्रियटिभ मोडेल को उपाधी मिस्टर एन्ड मिस क्रियटिभ मोडेल 2017 को उपाधी सुजन लामा र पुजा गिरिले जितेका छन् । दुबै बिजेताले आ आफ्नो बिधाका नौ प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी चुमेका हुन् ।बिजेता सुजनले बेस्ट वाक ,बेस्ट फिजिक्स सहित मोस्ट फोटाेजेनिक अवार्ड समेत हात पारे भने पूजाले मिस पर्सानालिटि आफ्नो पोल्टामा पारिन । शनिबार तिनकुने स्थित रोयल ब्यान्केटमा अबेर साँझ सप्पन्न प्रतियोगितामा पुरुषतर्फ बिराट बिजय ओझा फस्ट रनर अप र राकेश खड्का सेकेन्ड रनर अप घोसित हुदा महिला तर्फ सिवानी तन्डुकार फस्ट रनर अप र तारा बस्नेत सेकेन्ड रनर अप चुनिए ।

nepali modeling competition, beauty pageant

Nepali beauty pageant Creative Model 2017

विभिन्न टाइटल बिजेता समेत छानिएको कार्यक्रममा बिराट बिजय ओझाले मोस्ट हाण्डसम तथा डिसिप्लन ,सिवानि तन्डुकारले मोस्ट बिउटि ,बिबस श्रेष्ठले मिस्टर स्टाइलिस,सन्ध्या श्रेष्ठले मोस्ट टालेन्टेड, राकेस खड्काले मोस्ट टालेन्टेड, भ्युअरस च्वाइस तथा म्यानेजमेन्ट च्वाइस,बिपना सुनुवारले बेस्ट क्रेयटिभ डे्स ,तासी नङ्यालले मेक ओभर ,तारा बस्नेतले बेस्ट फिगर तथा बेस्ट क्रेयटिभ डे्स,सोफी कार्कीले मोस्ट फोटाेजेनिक, म्यानेजमेन्ट च्वाइस सहित भ्युअरस च्वाइस,प्राची श्रेष्ठले मेक ओभर ,आस्था गजुरेलले मोस्ट डिसिप्लन, राजु कार्कीले बेस्ट पर्सानालिटि र खुश्बु तामाङले बेस्ट वाक सहित मोस्ट स्टाइलिस अवार्ड हात पारे । नेपाली मोडलिङ जगतमा नयाँ आयम थप्ने उधेश्यले प्रतियोगिता आयोजना गरिएको क्रियटिभ मोडेल हन्टका सिइओ जीवन खड्काले बताए ।

माननीय रन्जित कर्ण प्रमुख अतिथि रहेकोे कार्यक्रममा दिक्पाल कार्की अन्तर्राष्ट्रिय मोडेल ,अक्षय रायामाझी मिस्टर नेपाल बिजेता ,सिर्जना देवकोटा फेसन आइकन बिजेता, श्रीया थापा फेसन मोडेल ,बिनिता ओलि कलाकार ,नान्सी थापा कलाकार लगायत अन्तिम स्पार्धाका निणायकमा रहेका थिए । उत्कृष्ट गित ,संगीत ,नृत्य लगाएतको बेजोड प्रस्तुतिका साथमा सम्पन्न प्रतियोगितामा प्रतियोगिले विभिन्न सिक्वेन्समा आकर्षक पहिरन समेत स्टेजमा प्रस्तुत गरेका थिए ।