नेपालमा परियत्ति शिक्षाको स्वर्णजयन्ती

गृहस्थ गरेर बसेका मानिसका लागि बौद्धदर्शनलाई व्यावहारिक प्रयोगकालागि नेपालमा नेपाल बौद्ध परियत्ति शिक्षा प्रारम्भ भएको ५० वर्ष पुगेको सुखद उपलक्ष्यमा बौद्ध परियत्ति शिक्षा प्रारम्भको स्वर्णजयन्ती त्रिशूली बजारमा विविध कार्यक्रम सहित २५५७ ज्येष्ठ शुक्ल षष्टी, ने. सं ११३३ तछलाथ्व षष्टमि शनिश्चरबारका दिन भव्य रुपमा मनाइएको छ । नेपालका लागि श्रीलंकाका महामहिम राजदूत डब्लु एम एस को प्रमुख अतिथित्वमा र प्रमुख जिल्ला अधिकारीको विशिष्ठ अतिथित्वमा भएको कार्यक्रमका सहभागीले नैतिकतामा क्षयीकरण हुन्दैगएको अहिलेको समाजलाई सुसंंस्कृत बनाउन बौद्ध परियत्ति शिक्षाको भूमिका आवश्यक रहेको बताए । भिक्षु संघका सचिव भिक्षु राहुल, भिक्षु धर्मगुप्त, अमिता धाख्वा, प्रदीपरत्न शाक्य, परियत्ति शिक्षा परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान, पूर्वमन्त्री डा. केशवमान शाक्य, श्रीलंकाका काउन्सिलर, प्रहरी उपरीक्षक सानुकाजी लामिछाने आदिले आआफनो मन्तव्य दिनुभएको थियो । नुवाकोटको त्रिशूलीबजारबाट २०१९ सालमा भिक्षु बुद्धघोष महास्थविर र त्रिशूलीबजारका स्व.धर्मरत्न शाक्य त्रिशुलीले परियत्ति शिक्षाको पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापन सुरु गर्नुभएको थियो । स्वर्णजयन्ती आयोजक समारोह समितिका संंयोजक पुरुषोत्तम शाक्यले २०२० सालमा औपचारिक रूपमा नेपाल बौद्ध परियत्ति शिक्षा दर्ता भएर देशैभर फैलिएको जानकारी दिनुभयो । परियत्ति शिक्षा अहिलेको समयमा मानिसलाई अति आवश्यक रहेको त्रिशूलीमा जन्मिएर अहिले लुम्बिनीमा बस्दैआउनु भएका भिक्षु मैत्री महास्थविरले बताउनुभयो । उहांले यो शिक्षा कुनै जात, धर्म, विशेष नभई मानिसलाई बौद्ध ज्ञानका बारेमा शिक्षा दिने भएकाले जो कोही पनि सहभागी हुन सक्छन् भन्नुभयो ।

श्रीलंकाली राजदूतको नेतृत्वमा बुद्धको अस्थिधातु र झांंकीसहित बिहान त्रिशुलीमा शान्ति पद यात्रा भएको थियो । बजार परिक्रमा पछि कार्यक्रममा लुम्बिनीबाट ल्याइएको बुद्धको अस्थिधातु पनि दर्शनका लागि राखिएको थियो । कार्यक्रममा सहभागी हुन राजधानी, पोखरा, पाल्पाबाट भिक्षुभिक्षुणीहरुको पनि सहभागिता थिए ।

अहिलेको समाजलाई सुसंस्कृत बनाउन बौद्ध परियत्ति शिक्षाको भूमिका आवश्यक रहेको बताए । दिउंसो सभाको उद्घाटन समारोह अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष तथा आनन्दकुटी विहार गुठीका अध्यक्ष भिक्षु मैत्री महास्थविरको सभापतित्वमा भएको थियो । नेपाल बौद्ध परियत्ति शिक्षा स्वर्ण महोत्सव वर्षभरि नै विभिन्न कार्यक्रमगरी मनाउन विभिन्न उपसमिति पनि गठन गरिएकोछ ।

२५५७ बैशाख अक्षय तृतीयाको दिन राष्ट्रध्यक्षको समुपस्थितमा समापन समारोह गर्ने कार्यक्रम छ ।

Leave a Reply